Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गैँडा मारेको मुद्दामा फरार एक जना पक्राउ


    शुक्रबार, असार २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। गैँडा मारेर खाग बिक्री गरेको आरोपमा १० वर्ष सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन् । निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थमा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार चितवन कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।

    विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जले जनाएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र रु एक लाख जरिवाना सजाय सुनाइएको थियो । त्यसयता भीमबहादुर फरार थिए । भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैँडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार