काठमाडौं । बाहिर जिल्लाका व्यवसायी तथा मजदुरहरुलाई चीनतर्फ प्रवेशका लागि अध्यागमन कार्यालयले दिएको पास स्थानीय जनप्रतिनिधिले खोस्न थालेका छन् । रसुवा नाका रहेको गोसाइकुण्ड गाउँपालिकाका जनप्रतिनिधिले अध्यागमन कार्यालयको छाप र अधिकृतको हस्ताक्षर भएको प्रवेश पास खोसेर मजदुरलाई अलपत्र पारेको गुनासो छ ।
वडा नम्वर एकका वडा अध्यक्ष उर्गेन तामाङले पास खोसेको मजदुरहरुले बताए । यद्यपि, केरुङ नाका भने वडा नम्वर दुईमा पर्दछ । झण्डै तीस जना मजदुरको पास खोसएको कारण सिन्धुपाल्चोक लगायतका जिल्लाबाट गाडी लिएर त्यहाँ पुगेका मजदुर अलपत्र परेको चालक भीमबहादुर तामाङले बताए ।
अध्यागमन कार्यालय रसुवाको समन्वयमा रसुवाभन्दा बाहिरका मजदुरलाई चीनतर्फ जानका लागि नेपाल चीन सीमाक्षेत्रका बासिन्दाका लागि अनुमतिपत्र दिने व्यवस्था मिलाइएको छ । सो पत्र पनि जनप्रतिनिधिलेनै खोसेपछि राज्य नै नभएजस्तो अनुभव भएको एक चालकले बताए । यस बिषयमा उजुरी गरे पनि स्थानीय प्रशासनले पनि खासै सुनुवाई नगरेको तीस जना मजदुरहरु बताउँछन् ।
विवादित वडाध्यक्ष
वडा नम्वर एकका वडा अध्यक्ष उर्गेन चीनतर्फ जान नपाउने मध्येमा पर्दछन् । स्थानीय वासिन्दाका अनुसार अबैध सुन कारोवारमा उनको नाम प्रहरी प्रशासनसँग छ । ०७६–०७७ का प्रतिवेदन अनुसार उनले अबैध तवरले सुनको कारोवार गरेको रसुवाका तत्कालीन प्रहरी प्रमुखले जानकारी दिएका छन् । प्रहरीका अनुसार गुण्डागर्दीमा पनि संलग्न उर्गेनलाई चिनियाँ व्यवसायीले पनि खोजी गरेका छन् । चीनको सीमामा उर्गेनको फोटो देखाउँदै चीनियाँ व्यवसायीले उनलाई खोजी गरिरहेका छन् ।
त्यसो त एक प्रहरी अधिकृतका अनुसार त्यतिबेला चिनियाँ नागरिकले नेपालतर्फ नै प्रवेश गरेर उर्गेनका बारेमा खोजबिन गरेका थिए । अबैध आर्जनकै आडमा वडाध्यक्ष बिजयी भएका उर्गेनले मजदुरलाई दुःख दिएकाबारे अध्यागमन कार्यालयमा पनि जानकारी दिएका छन् । उर्गेनले भने अध्यागमनमा पैसा खुवाएर पास लिएका कारण खोसिएको बताउँदै आएका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend