Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • ५ सय दरका १८० वटा नक्कली नोटसहित एक जना प्रहरी नियन्त्रणमा


    आइतबार, असार १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ५ सय दरका १८० वटा नक्कली नोटसहित एकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरुको कारोबार गर्ने उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको हो ।

    उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार