Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सात वटा औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय


    मंगलबार, असार १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा सातवटा नयाँ औधोगिकग्राम घोषणा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा देशका कालिकोट लगायत विभिन्न ठाँउमा सात वटा औधोगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    सरकारले नेपाल दुरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रुपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माले सरकार सुशासनको पक्षमा लाग्ने र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको भन्दै ललिता निवास प्रकरणका जोसुकै दोषीहरुलाई उन्मुक्ति नदिने बताइन् ।

    प्रवक्ता शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नभएको र सरकार ढल्ने कुरा अफवाह भएको जिकिर गरिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार