Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा


    सोमबार, असार ११ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीसहित तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । उनीहरुले घुसररिसवत लिई भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज अदालतमा मुद्दा दायर गरेको हो ।

    ०७९ चैत १६ गते अधिकृत अनन्तपाणी मरासिनी र वडाअध्यक्ष भीम बहादुर यादवले उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग ५० हजार घुस मागेको उजुरीका आधारमा अख्तियारको बुटवल कार्यालयबाट टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुससहित लिइसकेको अवस्थामा उक्त रकमसहित गाउँ कार्यपालिकाको कार्यालयबाट सोही दिन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार