काठमाडौं । नेपाल सरकारले राहदानी खरिद गर्न आवश्यक प्रक्रिया थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक प्रक्रिया र समन्वयमा काम गर्न परराष्ट्र मन्त्रालय र राहदानी विभागलाई निर्देशन दिए ।
मौज्दात सकिन थालेकाले नयाँ राहदानी खरिद तथा छपाइका लागि प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्र सचिव भरतराज पौड्याल, राहदानी विभागका महानिर्देशक सुरेन्द्रकुमार यादवलाई आवश्यक प्रक्रिया पूरा गरेर प्रस्ताव ल्याउन निर्देशन दिए ।
राहदानी अभाव पूर्तिका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्थापन तथा परराष्ट्र मन्त्रालयले प्रक्रियागत गृहकार्य सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन्, “राहदानीका विषयमा केही प्रक्रिया अघि बढाउनै पर्ने अवस्था छ । त्यही अनुसार प्रक्रिया बढ्छ ।”
तत्कालका लागि राहदानीको अन्तरिम पूर्तिको व्यवस्थापन गरिने राहदानी विभागले जानकारी दिएको छ । राहदानी विभागका प्रवक्ता दुरपदा सापकोटाले त्यसका लागि परराष्ट्र मन्त्रालयसँग परामर्श अघि बढाइएको बताइन् । अन्तरिम अभाव पूर्तिका लागि राहदानी विभागले नयाँ राहदानी खरिदका लागि तत्कालीन सम्झौताका आधारमा खरिद गर्ने प्रव्रिmयामा जाने तयारी थालेको जानकारी दिइन् ।
विद्युतीय राहदानीको वितरण थालेपछि ३४ पाना र ६६ पानाका गरी दुईथरीका राहदानी सेवाग्राहीलाई वितरण गरिएको थियो । यी दुवैथरीका राहदानीको मौज्दातले करिब पाँच महिना मात्र माग धान्ने अवस्थामा छ । विभागका निर्देशक डमरुबल्लभ पौडेलले सोही कारण ‘भेरियसन’ मार्फत पहिले सम्झौता गरेकै कम्पनीसँग केही महिना पुग्ने गरी थप राहदानी खरिद गर्ने तयारीमा विभागले प्रक्रिया अघि बढाएको जानकारी दिए ।
विभागले दिएको जानकारीअनुसार अहिले करिब पाँच लाख थान राहदानी मात्र मौज्दात छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले पनि भेरिएसनको छिटो प्रक्रियाबाट तत्कालको माग पूर्ति गर्न लागिएको विभागले जनाएको छ । टेन्डर प्रक्रिया मन्त्रीपरिषद्ले निर्णय गरेपछि अघि बढ्छ । त्यो निर्णय भएपछि पनि प्रतिस्पर्धाको लामो प्रक्रिया हुँदा समस्या पर्न सक्छ । छोटो प्रक्रियाको सम्झौताका लागि पनि मन्त्रीपरिषद्को निर्णय आवश्यक हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend