काठमाडौं । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छरु तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् किरु समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ !
काठमाडौंकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन्। घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन्। यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्याए। केन्द्रकी मनोविद् करुणा कुँवरले बालिका र अभिभावक दुवैलाई परामर्श दिइन्। ती बालिकालाई सानै उमेरदेखि स्मार्ट फोन चलाउने लत परेको थियो।
उनले मोबाइल नपाएको बखत समस्या झनै चर्को हुन्थ्यो। लामो समय स्मार्ट फोन चलाएकाले उनको आनीबानीमा समस्या देखिएको हो। समस्या निक्र्योल भएपछि मनोविद् कुँवरले पटक–पटक परामर्श दिनुपर्यो।
गत फागुनमा काठमाडौंकै अर्की ११ वर्षीया बालिकामा धेरै चकचक गर्ने, जे मन लाग्यो त्यही बोल्ने, तौैल धेरै बढ्ने, राति कम सुत्ने, निद्रामा बर्बराउने, स्कुल जान नमान्नेजस्ता समस्या देखिए। अभिभावकले ती बालिकालाई पनि मानसिक तथा स्वास्थ्य परामर्श केन्द्रमा पुर्याए। पटकपटकको परामर्शपछि ती बालिकामा देखा परेका समस्या हराउँदै गए।
काठमाडौं कोटेश्वरका एक तीन वर्षीय बालकमा रातिमा नसुत्ने र मोबाइल हेरिरहने समस्या देखियो। यी बालकका बाबुलाई पनि स्मार्ट फोनको लत लागेको थियो। बाबुछोराको उपचार पनि केन्द्रकै परामर्शमा भयो।
घन्टौंसम्म स्मार्ट फोन चलाउने बालबालिकामा मानसिक समस्या देखिन थालेकाले उपचार केन्द्रमा यस्ता समस्या लिएर पुग्ने अहिले थुप्रै छन्। तर उनीहरूको अध्ययन भएको छैन। परामर्श केन्द्रकी मनोविद् कुँवरका अनुसार सातामा सेवा दिने १५ जनामध्ये दुईमा स्मार्ट फोनको लतले विभिन्न समस्या निम्ताएको पाइएको छ।
कान्ति बाल अस्पतालको मानसिक विभागमा दैनिक उपचारका लागि जाने ४० जनामा दुईरतीनजना स्मार्ट फोनले निम्ताएका मनोसमस्याका बिरामी हुन्छन्। औसतमा मासिक यस्तो समस्या लिएर अस्पताल पुग्ने बालबालिकाको संख्या ७२ छ। यो समाचार नागरिक दैनिकमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
दाङ जिल्लाको साविक श्रीगाउँ गाविस हालको दंगीशरण गाउँपालिकामा जन्मनुभएकी रोशनी नेपाली बादी चिकित्सा पेसामा आवद्ध हुनुहुन्छ । बुवा निर्मल नेपाली बादी सरकारी विद्यालयमा शिक्षक...
काठमाडौं । काठमाडौं महानगरपालिका–३ बासबारीको कपनमार्गमा समानता नामक स्कूल छिमेकीको स्वीकृति नलिई सञ्चालन गरिएको छ । स्थानीयहरुको बसोबासस्थल रहेको उक्त ठाउँमा स्कूलका कारण बस्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend