काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको निधन भएको छ । आज काठमाडौंको गौशालास्थित निवासमा पाण्डेको निधन भएको हो ।
पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद थिइन् । ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् ।
२०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् । नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी निष्क्रिय थिइन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाण्डेको निधनमा शोक प्रकट गरेका छन् ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend