Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३५ किलो चाँदीका गहनासहित तीन जना पक्राउ


    बिहिबार, जेष्ठ ११ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। विराटनगरमा सुन चाँदी चोरीमा संलग्न तीन जना पक्राउ परेका छन् । प्रहरीले बुधबार राति चाँदीका गरगहनासहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र २२ वर्षीय श्रीकान्त दास रहेको छन् । प्रहरीले उनीहरुको साथबाट चोरी गरेको ३५ केजी चाँदीका गरगहना बरामद गरेको छ ।

    सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । उनीहरूले चोरीका सामान भारतीय बजारमा लगेर बिक्री गर्ने गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार