तौलिहवा। कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जना पुरुषलाई पक्राउ गरेको छ । ट्याक्टरसँग ठोक्किएर मोटरसाइलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ९ का ३५ वर्षीय मनोज कुमार गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका ३ का ४४ वर्षीय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो ।
तौलिहवाको बहादुरगञ्ज जाने चोकमा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको लु ७६ प ८५७ नं को मोटरसाइल र विपरित दिशातर्फ जाँदै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएको थियो ।
यस्तै, बहादुरगञ्ज चोकस्थित एक बिर्यानी पसलमा खाएर मोटरसाइलमा सवार भएपछि कसैले पछ्याएको लागेपछि दुबै जना आत्तिएका थिए । मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।
दुबैले शंकास्पद गतिविधी देखाएपछी तत्कालै खान तलासी र चेकजाच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा पहेलो प्लाष्टिकभित्र भारतीय रुपियाँ बरामद भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो । भारतिय रुपियाँ ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उक्त मोटरसाइकल तथा ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन् ।
बरामद भएको भारतीय नोटसहित दुबै जनालई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने तयारी भएको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend