तौलिहवा। कपिलवस्तु प्रहरीले करिब पाँच लाख भारतीय नोटसहित दुई जना पुरुषलाई पक्राउ गरेको छ । ट्याक्टरसँग ठोक्किएर मोटरसाइलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका ९ का ३५ वर्षीय मनोज कुमार गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका ३ का ४४ वर्षीय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताए। उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो ।
तौलिहवाको बहादुरगञ्ज जाने चोकमा बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको लु ७६ प ८५७ नं को मोटरसाइल र विपरित दिशातर्फ जाँदै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किएको थियो ।
यस्तै, बहादुरगञ्ज चोकस्थित एक बिर्यानी पसलमा खाएर मोटरसाइलमा सवार भएपछि कसैले पछ्याएको लागेपछि दुबै जना आत्तिएका थिए । मोटरसाइकलमा सवार २ जना घाइते भएका छन् ।
दुबैले शंकास्पद गतिविधी देखाएपछी तत्कालै खान तलासी र चेकजाच गर्नेक्रममा मोटरसाइकलको लेगगार्डमा पहेलो प्लाष्टिकभित्र भारतीय रुपियाँ बरामद भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो । भारतिय रुपियाँ ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको उक्त मोटरसाइकल तथा ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन् ।
बरामद भएको भारतीय नोटसहित दुबै जनालई राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइने तयारी भएको प्रहरी उपरिक्षक बस्नेतको भनाइ छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend