Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • पोल्याण्ड लैजाने भन्दै अभिमुखीकरण गर्ने दुई विदेशी प्रहरी नियन्त्रणमा


    शनिबार, जेष्ठ ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोल्यान्ड लैजाने भन्दै काठमाडौंमा बिना अनुमति अभिमुखीकरण गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोल्याण्डको रोजगारीमा पठाउने भन्दै मेरियट होटलमा अभिमुखीकरण भइरहेको जानकारी पाए पछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा वैदेशिक रोजगार विभागले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा रहेको नर्थ अमेरिकन भिसा सर्भिस सेन्टरबाट आएका एलेग फेडोसिक र रिटा फिएडोसिक हुन् ।

    सो अभिमुखीकरणका सहयोगी इगल म्यानपावर कन्सल्टेन्सीका सञ्चालक कृष्ण ढकाललाई आइतबार विभागमा हाजिरको आदेश दिइएको विभागले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार