काठमाडौं । काभ्रेपलाञ्चोकको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। बनेपा नगरपालिका-१० पुलबजारस्थित रहेको एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो
पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका-७ स्थाई बनेपामा गेष्ट हाउस सञ्चालन गर्ने बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भइ खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन् ।
प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ । उद्धार गरिएका किशोरीहरुले होटलका सञ्चालकहरुले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।
पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend