Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । काभ्रेपलाञ्चोकको एक गेष्ट हाउसमा वेश्यावृत्ति गराएको आरोपमा दुई जना पक्राउ परेका छन्। बनेपा नगरपालिका-१० पुलबजारस्थित रहेको एउटा गेष्ट हाउस एण्ड खाजा घरमा वेश्यावृत्ति गराएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

    पक्राउ पर्नेमा मकवानपुर जिल्ल्ला बागती गाउँपालिका-७ स्थाई बनेपामा गेष्ट हाउस सञ्चालन गर्ने बस्ने ४२ वर्षका लालमान तितुङ र काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका लामाटोल घर भइ खाजा घरमा काम गर्ने वर्ष २० का श्याम लामा छन् ।

    प्रहरीले गेष्ट हाउसबाट ५ जना नाबालिका र किशोरीको उद्धार गरेको पनि जनाएको छ । उद्धार गरिएका किशोरीहरुले होटलका सञ्चालकहरुले ललाइ फकाइ, आर्थिक प्रलोभनमा पारी, विश्वास दिलाइ होटलमा आउने ग्राहकहरूसँग जवरजस्ती शारिरिक सम्पर्क गर्न बाध्य बनाउने गरेको बताएका प्रहरीले जनाएको छ ।

    पक्राउ परेका गेष्ट हाउस सञ्चालकहरुलाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जाहेरी दरखास्त लिई जिल्ला अदालत धुलिखेलबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार