झापा । झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-४ का २८ वर्षीया दाम भन्ने सुसन धिमाल, दमक-९ निवासी २७ वर्षीय अभिषेक विश्वकर्मा र सोही ठाउँका २० वर्षीय तिन्तुस मुन्ना रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
दमक-४ स्थित अडिया महलमा ब्राउन सुगरको बिक्री वितरण गरिरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले शरीर चेकजाँचका क्रममा मुन्नाको साथबाट १० ग्राम ब्राउन सुगर फेला पारेको हो। उनले मलद्वारमा ब्राउन सुगर लुकाएर राखेका थिए।
प्रहरीले घटनास्थलबाट को ३९ प ६८७५ नम्बरको र को १४ प २२९० नम्बरको मोटरसाइकलसहित दुई थान मोबाइल समेत बरामद गरेको छ।
सो घटनामा संलग्न दमक-९ निवासी २५ वर्षीय रोशन विश्वकर्मा फरार रहेकोले उनको खोजी भइरहेको छ। यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक राखिएको छ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend