Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  •  एकसिङे गैँडाको खाग र जरायोको सिङ बेच्ने नौं जना पक्राउ 


    बुधबार, जेष्ठ ३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एकसिङे गैँडाको खाग र जरायोको सिङ बेच्ने नौं जना पक्राउ परेका छन् ।चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्‍गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार विक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो । सो सूचना फलो गर्दै जाँदा दशकिलोबाट ३ जना महिलाहरूलाई जरायोको सिङ बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको निकुञ्जले बताएको छ ।

    गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि ५ जना पुरुष र १ जना महिला गरी ६ जनालाई एकसिङे गैंडाको खाग खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार