वीरगञ्ज। बाराबाट साढे १३ किलो प्रतिबन्धित गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले बाराको निजगढ नगरपालिका–८ पूर्व–पश्चिम लोकमार्ग सडकखण्डको उनासी पुलमा हेटांैडाबाट काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नं. को यात्रु बाहक बसलाई रोकी जाँच गरेको थियो।
चेकजाँचका क्रममा बसको सिटमुनि लुकाई ल्याइएको १३ किलो पाँच सय ग्राम प्रतिबन्धित गाँजा प्रहरीले बरामद गरेको थियो।
गाँजा बरामद भएपछि त्यसको तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–८ ज्यामिरेका राजकुमार भनिने चन्द्रबहादुर मोक्तान, झापा मेची नगरपालिका–६ शान्तिटोलका शंकर दाहाल, वडा नम्बर ७ का विनोदकुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका–८ का अर्जुन गौतमलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उनले बताए ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend