काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा राज्यसंयन्त्रकै मिलेमतोमा भएको १ अर्बभन्दा बढी ठगीमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैक्रममा बिराटनगरमा मुरारका समूहका अशोक मुरारकाले पौने ४ अर्ब कर नतिरेको घटना संचारमाध्यममा आएको छ । आन्तरिक राजस्व विभागले मुराराका समूहका अशोक मुरारका र उनका साझेदार कृष्णप्रसाद प्रसाईंले पौने चार अर्ब रुपैयाँ राजस्व नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुरारका कर नतिर्नका लागि कानुनी छिद्र खोज्दै सर्वोच्च अदालतमा पुगेको छ ।
मुरारका र प्रसाईंको साझेदारीमा संचालित २ उद्योगबाट आन्तरिक राजस्व कार्यालय बिराटनगरले ३ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुल गर्ने प्रक्रिया अघि बढाएपछि उनी आफैंले होइन, लिक्वीडेटर दिलीप नैराम सिंहलाई रिट दर्ता गर्न लगाएका छन् । सोमबार दर्ता भएको दर्ता भएको ०७९–ध्इ–१२६२ नम्बरको रिटको सुुुनुवाई मंगलबार थियो ।
न्यायाधीश कुमार रेग्मीको इलजासमा मंगलबार उक्त रिट हेर्न नभ्याइनेमा परेको थियो । पुनः आज पनि पेशी राखिएको छ । सर्वोच्च अदालतले पौने ४ अर्ब राजस्व नतिर्ने मुरारकाको रिटमा के गर्ला ? देशको अर्थतन्त्र संकटग्रस्त भएको बेला यस्ता करमाराहरुलाई कर नतिर्न आदेश त नदिने अपेक्षा गरिएको छ ।
मुरारका र प्रसाईंको संयुक्त सञ्चालनमा रहेको अवनिश एग्रीगेट इन्डस्ट्रिजले २ अर्ब ४४ करोड रुपैयाँ बुझाउनुपर्ने देखिएको छ । आन्तरिक राजस्व कार्यालय बिराटनगरका अनुसार यी उद्योगले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याट दर्ता गरे पनि अहिलेसम्म कर तिरेका छैनन् ।
मुरारकाको सञ्चालनमा सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा एक चिया उद्योगसमेत छ ।
मुरारकाको अवनिशले २०६०–६१ देखि २०७१–७२ गरी १० आर्थिक वर्षको कर विवरण नबुझाएको आन्तरिक राजस्व कार्यालय बिराटनगरले जनाएको छ ।
त्यसैगरी मुरारका र प्रसाईंकै संयुक्त सञ्चालनमा रहेको ओम साइबाबा क्रसर उद्योगले १ अर्ब ३३ करोड रुपैयाँ कर बुझाउनुपर्नेछ ।
यो उद्योगमा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसाईं साझेदार छन् । ०६० वैशाख ४ गते दर्ता भएको सो उद्योगले हालसम्म कर विवरण बुझाएको छैन । ओम साइबाबा क्रसर उद्योगले २०६०–६१ देखि २०७१–७२ गरी १० आर्थिक वर्षको कर तिर्न बाँकी छ ।
आन्तरिक राजस्वले दुवै उद्योगले तिर्नुपर्ने भ्याट र आयकरको निर्धारण गरेर त्यसमा लाग्ने जरिबाना र ब्याजको रकमसमेत जोड्दा रु. ३ अर्ब ७७ करोड हुने ठहर गरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend