Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुलीमा चक्कु प्रहार गरेको आरोपमा चारजना प्रहरीको फन्दामा


    मंगलबार, जेष्ठ २ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–५, थाक्लेडाँडाको जंगलमा एक व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा चारजन पक्राउ परेका छन् । उक्त घटनामा संलग्न अर्का एकजना अझै फरार छन् ।

    पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा तीनपाटन–७ का १९ वर्षीय विशाल भनिने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी र २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् ।

    उनीहरूका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामद गरिएको छ । अर्का आरोपित तीनपाटन–७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

    गएको वैशाख ३१ थाक्लेडाँडाको जंगलमा ढुंग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । लोकबहादुरसँग चकमके जाने क्रममा ढुंगाजस्तो देखिने चम्किलो वस्तुको विषयमा विवाद हुँदा ती पाँचैजनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिए ।

    लोकबहादुरको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको ३० हजार रुपैयाँ र एकथान मोबाइल समेत उनीहरूले लगेको बताइएको छ ।

    घटनामा घाइते भएकाको थप उचारका लागि काठमाडौं लगिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार