Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने एक जना पक्राउ


    सोमबार, जेष्ठ १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ घर भई हाल काठमाडौं जिल्ला टोखा नगरपालिका ९ जाल्पाचोक बस्‍ने ३४ वर्षीय विशाल विश्वकर्मा रहेका छन् ।

    उनले डिलबहादुर विश्वकर्मासहित ८ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्‍दै पीडितबाट प्रतिव्यक्ति ५ लाख ५० हजारका दरले १८ लाख रकम लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

    उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार