Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ६९ लाख ठगी गर्ने पुरुष पक्राउ


    आइतबार, बैशाख ३१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कतारमा पुलिसको जागिर लगाइदिन्छु भन्दै ६९ लाख ठगी गरेको आरोपमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–४ घर भएका ४९ वर्षीय रुद्रबहादुर लिम्बू पक्राउ परेका छन्।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले धुम्बराहीबाट पक्राउ गरेको हो।

    लिम्बूले हरिबहादुर कार्कीसहित १९ जनालाई कतार पुलिसमा जागिर लगाइदिन्छु भन्दै ७ लाख रुपैयाँका दरले ६९ लाख रुपैयाँ लिएर ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

    उक्त रकम लिएपछि फरार भएका लिम्बूलाई पक्राउ गरेर उपस्थित गराउन भन्दै वैदेशिक रोजगार विभागले पत्राचार गरेपछि पक्राउ गरेर बुझाइएको प्रहरीले जनाएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार