Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छुरा प्रहारबाट सेवाग्राहीको मृत्यु घटना : होटल सञ्चालक आमाछोरासहित तीन जना पक्राउ


    शुक्रबार, बैशाख २९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धादिङमा छुरा प्रहारबाट एक जनाको मृ‌त्यु भएको घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालक आमाछोरासहित तीन जना पक्राउ परेका छन् । गल्छी गाउँपालिका-८ निबुवा बोटमा बुधबार राति खाएको बिलको विषयमा विवाद हुँदा छुरा प्रहारबाट एक जनाको मृ‌त्यु भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा शानदार होटल एन्ड लजका सञ्चालक सरस्वती पनेरु पन्डित र उनका छोरा निरज, पाल्पाको तानसेनका ३० वर्षीय किरण राना रहेका छन् ।

    प्रहरीका अनुसार बिलको विषयमा विवाद भएपछि सरस्वतीले छोरा निरजलाई बोलाएकी थिइन् । निरज केटाहरु बटुलेर आएका थिए । निरजले बोकेको फोल्डिङ छुरा प्रहारबाट सख्त घाइते भएका विनोद थापामगरको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार