काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन् । यादवले यही वैशाख १७ गते बिहान हरिपुर्वा नगरपालिकामा गई हाजिरी गरेका थिए ।
नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे । स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात पन्यो । उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो । ‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो । किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ ।’
हरिपुर्वा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन् ।
‘संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ । तैपनि एक घण्टामै सरुवा भयो,’ मेयर साहले भने, ‘काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो । प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन ।’
आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए । संघीय मामिला मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराईले विविध कारणवश कोही कर्मचारीको जिम्मेवारी चाँडो फेरबदल गर्नुपर्ने बताए । ‘यसमा धेरै कारणहरू जोडिएका हुन्छन्,’ उनले भने । आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौँ । राजधानी काठमाडौँको प्रदर्शनीमार्गमा रहेको नेपालकै पहिलो व्यवसायिक संस्था नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएसन) को केन्द्रीय कार्यालय भवनले निर्माण सम्पन्न भएको १२...
२०१३ साल जेठ २९ गते गजुरी गाउँपालिका–८ धादिङमा जन्मनुभएका राजेन्द्रप्रसाद पाण्डे नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ । बुवा नेत्रराज पाण्डे र आमा मनमाया पाण्डेका...
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौं । काठमाडौं महानगरपालिका –३, बाँसबारीको कपनमार्गमा बसोबास गर्ने एक विमान चालक (पाइलट) बिनाअनुमति अन्य ठाउँबाट स्थानन्तरण गरिएको स्कूल उक्त ठाउँबाट हटाउन महाभारतको युद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend