काठमाडौं । शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले अधिकांश सहसचिवबिच सरुवाको रोजाइ गृह र अर्थ मन्त्रालय हुने गरेको छ । आफूसँग भएको क्षमता र राज्य शक्तिको राम्रो अभ्यास गर्न पाउने भएकाले सहसचिवको रोजाइ गृह र अर्थ मन्त्रालय पर्ने गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अधिकांश सहसचिवको सरुवाको पहिलो रोजाइ गृह, अर्थ मन्त्रालय र त्यसपछि उद्योग मन्त्रालय हुने गरेको छ । मन्त्रालयको प्रशासन शाखाका प्रमुख भोजराज घिमिरेले सहसचिव सरुवाको माग गर्न आउँदा गृह र अर्थ मन्त्रालय नै माग्ने गरेको बताए । उनले गृह, अर्थ र उद्योगबाहेकका मन्त्रालय खासै रोजाइमा नपर्ने बताए ।
उनले भने, “क्षमताको राम्रो अभ्यास गर्न पाइने भएकाले अन्यभन्दा ती तीन मन्त्रालय सहसचिवको रोजाइमा पर्ने गरेको हो ।” उनका अनुसार कर्मचारीको मानसिकता सेवा अवधिमा कम्तीमा एक पटक प्रमुख जिल्ला अधिकारीको अनुभव लिनुपर्छ भन्ने भएकाले गृह मन्त्रालय र आर्थिक रूपमा नीतिगत व्यवस्थापनको काम गर्नका लागि अर्थ मन्त्रालय रोज्ने गरेका हुन् ।
ती मन्त्रालयमा जाँदा प्रशासनिक सुधार गर्दै काम गरेर आफ्नो भूमिका देखाउन पाइने उनको बुझाइ छ । सहसचिवको सरुवा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्ले गर्ने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend