काठमाडौं । मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले निवेदन दिन पीडितहरुलाई आह्वान गरेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज एक सूचना जारी गर्दै मिटरब्याजबाट पीडितहरुको निवेदन आह्वान गरेका हुन् ।
आयोगले प्रारम्भिक काम सुरु गरिसकेको उल्लेख गर्दै वैशाख १७ देखि ३१ गतेसम्म १५ दिनभित्र निवेदन दिन पीडितहरुलाई उनले आग्रह गरेका छन् ।
आयोगका अध्यक्ष कार्कीका अनुसार पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित अनलाइनबाट सिधै आयोगमा वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन सक्ने छन् । प्रत्येक जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको भन्दै उनले सोही कक्षमा निवेदन फाराम निशुल्क उपलब्ध हुने बताए।
‘पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाणसहित भएको व्यहोरा खुलाई अनलाइनबाट सिधा यस आयोगमा वा निवेदकको जिल्लामा रहेको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन अनुरोध छ,’ सूचनामा उल्लेख छ ।
निवेदन फाराम जिल्ला प्रशासन कार्यालयकै कर्मचारीले भराइ दिने प्रवन्ध गरिएको आयोगले जनाएको छ ।
कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट...
काठमाडौं । आइतबार बिहान ०४ः०० बजे पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १ जनाको मृत्यु र २ जना बेपत्ता भएका...
दविराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । शनिबार राति १० बजे कोशी राजमार्गमा प्रहरी...
काठमाडौं । अविरल बर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको...
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक बर्षा हुनसक्ने पूर्वानुमानपछि सबै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend