विराटनगर । सर्वसाधारणलाई मिटरब्याजको नाममा ठगी गर्दै करोडौं असुल गरेको आरोपमा १६ महिना जेल बसेर सफाइ पाएका विराटनगरका ‘मन्टु’ नामले परिचित सञ्जयप्रसाद रौनियारविरुद्ध पुनः कारबाहीको माग गर्दै एक दर्जन पीडितले मोरङ जिल्ला प्रशासन कार्यालयमा सामूहिक उजुरी दिएका छन् ।
उनीहरूका अनुसार मन्टु जेलबाट छुटेपछि पनि पुरानै शैलीमा त्रास फैलाउन थालेपछि १२ जना सर्वसाधरणले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।
उनले चिठीमार्फत् पैसा माग्दै धम्की दिने, कानुनी कारबाहीको डर देखाएर मानसिक दबाब दिने र प्रत्यक्ष भेटमै अभद्र व्यवहार गर्ने कार्य दोहोर्याइरहेका छन्। यही आरोपसहित १२ जना पीडितले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका हुन् ।
सुनवर्षी नगरपालिका–४ निवासी अमितकुमार यादवका अनुसार जेलबाट छुटेपछि मन्टुले फेरि पुरानै तरिकाले आतंक मच्चाउन थालेपछि उजुरी दिनु परेको हो । उनले हुलाकमार्फत् पत्र पठाएर जग्गा बिक्रीको पैसा मागिरहेका छन्। ‘नदिए कानुनी फन्दामा पार्ने धम्की दिन्छन्,’ उनले भने ।
पीडितको उजुरीपश्चात् जिल्ला प्रशासन कार्यालय मोरङले घटनाको गम्भीरता बुझेको बताउँदै कानुनी प्रक्रिया अघि बढाएको छ। उजुरीमा उल्लिखित आरोपहरूको अध्ययन र सत्य-तथ्य बुझ्नका लागि प्रशासनले मन्टुलाई उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘सर्वसाधारणले गुनासो दिएपछि दुबै पक्षलाई छलफलमा बोलाएका छौं। छलफलपछि सत्य-तथ्य पत्ता लगाएर आवश्यक निर्देशन दिनेछौं ।’
प्रशासनले ११८०३ नम्बरको चलानीमा जिल्ला प्रहरी कार्यालयलाई पठाएको पत्रमा, ‘अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी उजुरीमा विपक्षी बनाइएका सञ्जयप्रसाद रौनियारलाई छलफलका लागि उपस्थित गराइदिनु’ अनुरोध गरिएको छ ।
मिटरब्याज पीडित १७ जनाको उजुरीपछि पक्राउ २०७७ मंसिर २९ मा मोरङ प्रहरीको अनुसन्धानपछि मन्टुलाई ठगी र आपराधिक लाभ लिएको आरोपमा पक्राउ गरिएको थियो ।
२०७७ माघ १३ गते मोरङ जिल्ला अदालतमा दुई वटा मुद्दा ‘ठगी र आपराधिक लाभ’ दायर भए। प्रहरीले बुझाएको प्रतिवेदन अनुसार मन्टुले १ करोड ९२ लाख ८५ हजार २ सय ३६ रूपैयाँ बराबरको गैरकानुनी लाभ लिएका थिए ।
त्यतिबेला मन्टु कारागार चलान भएका थिए। २०७९ जेठ ९ गते फैसला हुँदा मन्टुले सफाइ पाएका थिए ।
जेलमुक्त भएको दुई वर्षपछि पुनः मन्टुले १७ जना पीडितमध्ये ११ जनालाई हुलाकमार्फत् पत्र पठाएर पुनः पैसा माग्न थालेका थिए। ती पत्रमा ‘फिर्ता गरिएको जग्गाको रकम अझै बाँकी रहेकोले’ तोकिएको रकम बुझाउन चेतावनी दिइएको छ ।
यही क्रियाकलापले त्रास फैलिएको भन्दै १२ जना पीडितले प्रशासनमा उजुरी दिए। उजुरीकर्ताहरूको भनाइमा मन्टुले हुलाकमार्फत पठाएको पत्र, धम्की दिने फोन र बीचमा तेस्रो व्यक्ति खटाएर दबाब दिने गर्थे ।
पीडित अमित भन्छन्, ‘मन्टु जेलबाट छुटे पनि उनको प्रवृत्ति उस्तै छ। उसले हामीजस्तै सर्वसाधारणलाई कानुनी डर देखाएर पैसा असुल्न खोज्दैछन्। हामी फेरि त्यही दुःख भोग्न सक्दैनौं ।’
कास्की । पोखराको फेवातालमा हुन सक्ने जल दुर्घटनाको खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालले असोज ११ गतेबाट अत्याधुनिक ‘जेट...
काठमाडौं । आइतबार बिहान ०४ः०० बजे पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ भैसेकट्टामा पहिरोले घर र गोठ पुरिदा १ जनाको मृत्यु र २ जना बेपत्ता भएका...
दविराटनगर । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । शनिबार राति १० बजे कोशी राजमार्गमा प्रहरी...
काठमाडौं । अविरल बर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढ्न गई बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको...
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा अत्यधिक बर्षा हुनसक्ने पूर्वानुमानपछि सबै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend