Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • गण्डकी प्रदेशमा बहुमतकै आधारमा सरकार गठनको आव्हान


    मंगलबार, बैशाख १२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् ।

    मुख्यमन्त्री खगराज अधिकारीले वैशाख ९ गते सदनबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङ नयाँ सरकार गठनका लागि आजदेखि ३ दिन अर्थात् वैशाख १४ गते दिउँसो ४ बजेसम्मको समय दिएका छन् ।

    नेपालको संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि उनले आह्वान गरेका हुन् । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो । प्रदेशसभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था धारा २ ले गरेको छ ।

    प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं वेटिङ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित कांग्रेसका सबैजसो सांसद काठमाडौं भएकाले आजै सरकार गठनको सम्भावना भने देखिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार