Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • रास्वपाका वाग्लेलाई बधाई दिदै भट्टराईले भने- मेरो रचनात्मक सहयोग र खबरदारी रहन्छ


    मंगलबार, बैशाख १२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा। आइतबार सम्पन्न भएको उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेलाई नेपाली कांग्रेसबाट उम्मेदवार रहेका गोविन्द भट्टराईले माला लगाइदिएर बधाई तथा सुभाकमना दिएका छन्।

    दमौलीमा वाग्लेलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । सोही कार्यक्रममा कांग्रेसका उम्मेदवार भट्टराईले स्वर्णिमलाई माला लगाइदिएर भट्टराईले बधाई तथा शुभकामना दिएका छन्।

    रास्वपाका वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याएर विजयी हुँदा कांग्रेसका भट्टराईले २० हजार ९२ मत ल्याएका थिए ।

    सामाजिक संजालमा वाग्लेलाई बधाई दिदै भट्टराईले मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा आफ्नो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ बताएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार