काठमाडौं । बैंक, वित्तीय संस्थाको नाफासँगै जोखिम पनि बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरूको नाफामा सुधार आएसँगै खराब कर्जा पनि उच्च दरमा वित्तीय बढेको देखिएको छ ।
प्रकाशित अपरिष्कृत विवरणअनुसार २१ ओटा वाणिज्य बैंकहरूले चालू आवको चैतसम्ममा कुल ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो ११ दशमलव ६७ प्रतिशतले बढी हो । गत आवको चैतसम्ममा बैंकहरूले ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चैतसम्ममा सबैभन्दा बढी नबिल बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आवको सोही त्रैमासको तुलनामा सर्वाधिक नाफा वृद्धिदर एभरेष्ट बैंकको छ । उसले ६२ दशमलव ६३ प्रतिशतले नाफा बढाएको देखिएको छ । चैतसम्ममा सातओटा बैंकको नाफा पोहोरको तुलनामा घटेको देखिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend