काठमाडौं । गत आर्थिक वर्षमा सुस्त बनेको अर्थतन्त्रको असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । समग्र बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा वढेका कारण सम्भावित कर्जा नोक्सानीबापत व्यवस्था गर्नुपर्ने प्रोभिजन रकम पनि बढेको छ ।
प्रोभिजन रकम धेरै राख्नुपर्दा बैंकहरुको आम्दानी बढे पनि नाफा बढ्न नसकेको हो। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा १६.७० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा यो बैंकको नाफा २ अर्ब ९२ करोड थियो। बैंकको सञ्चालन नाफा २१.१९ प्रतिशतले बढेर ४ अर्व ४० करोड पुगेको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख छ। १४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २० अर्व ९१ करोड छ। बैंकको खराब कर्जा १.८३ बाट २.८५ प्रतिशत पुगेको छ ।
यसैगरी गत वर्ष कृषि विकास बैंकको खुद नाफा ३९.२४ प्रतिशत बढेको छ। गत वर्ष बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब २२ करोड खुद नाफा गरेको थियो। एक वर्षमा बैंकले ८७ करोड ३५ लाख रुपैयाँ खुद नाफा बढाएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २ अर्ब रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। बैंकको चुक्ता पुँजी १३ अर्व ४५ करोड छ। यो बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो आवको यही अवधिमा बैंकको नाफा १ अर्व ९० करोड थियो। बैंकको सञ्चालन नाफा ४७.५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड पुगेको छ। यो समाचार कारोबार दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend