काठमाडौं । डेढ वर्षपछि बैकहरूले निक्षेपको ब्याजदर निर्धारण गर्ने जिम्मा पाएका छन् । वित्तीय प्रणालीमा तरलता सहज भएपछि नेपाल बैंकर्स संघले आगामी साउनदेखि बैंकहरू आफैले ब्याजदर तोक्न पाउने निर्णय गरेको हो । साउनदेखि बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आफैले ब्याजदर निर्धारण गर्नेछन् ।
बैकहरूसँग तरलता प्रशस्त रहेको र कर्जाको माग कम भएकाले निक्षेपको ब्याजदर बैंकको अवस्थाका आधारमा निर्धारण गर्ने निर्णय गरिएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘हिजो तरलता अभाव हुँदा ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएपछि संघले भद्र सहमति गर्दै आएको थियो,’ शर्माले भने, ‘अहिले अवस्था सहज भएपछि बैंकहरूले आफै तोक्न सक्ने निर्णय गरिएको हो ।’a
अब बैंकहरूले आफ्नो अवस्थाका आधारमा ब्याजदर तोक्न सक्ने उनले बताए । तरलता अभावसँगै बैंकहरूबीच निक्षेप खोसाखोस र ब्याजदरमा प्रतिस्पर्धाका कारण २०७८ कात्तिकमै वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर १२ प्रतिशतनजिक पुगेपछि राष्ट्र बैंकले ब्याजदर एकल विन्दुमा राख्न मौखिक निर्देशन दिएको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौं । सुन्दा कथा जस्तो लाग्ने तर, सत्य घट्ना अहिले सतहमा आएको छ । संघीय सरकारको स्वामित्वमा रहेको ६ सय शैयाको भरतपुर अस्पतालको नाममा...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend