काठमाडौं । अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगरकाठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।
इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने यादव पक्राउ
जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका–३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषिकम्पनीमा काम लगाइदिनेप्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेकोले उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगरकाठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
सिरहा । सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण हेडक्वार्टर सिरहाले एसपी सुमनजंग थापाको नेतृत्वमा जिल्लाका विभिन्न सीमा क्षेत्रमा निगरानी तथा गस्तीलाई कडाइ गर्दै १५...
काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका-९ भाबरबाट १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend