Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ढाकाको दुई करोडको अडिओबारे छलफल गर्न रास्वपाले बोलायो अनुशासन आयोगको बैठक


    मंगलबार, चैत्र २८ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्न लागेको हो ।

    समानुपातिकबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको दुई करोडको अडिओ प्रकरणबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ। सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ ।

    सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर आयोगले केन्द्रीय समितिलाई सिफारिस गर्ने छ । सो सिफारिसका आधारमा उनीलाई पार्टीले कारबाही गर्ने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार