काठमाडौं । गृहमन्त्रालयका सचिव विनोद सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सोमबार नेपाल प्रहरीका रिक्त ४ अतिरिक्त महानिरीक्षक(एआईजी) बढुवा सिफारिस गरेको छ । नवनियुक्त आईजीपी बसन्तबहादुर कुँवरले पदबहाली गरेको भोलिपल्टै एआईजी बढुवा सिफारिस गरिएको छ । सरकारले पूर्णता नपाइसकेको र गृहमन्त्री समेत नभएको अवस्थामा हतार हतार एआइजी बढुवा सिफारिस गरिएको छ ।
बरिष्ठताकै आधारमा कुँवरलाई आइजीपी नियुक्त गरिएझै एआइजी बढुवा सिफारिसमा पनि सिनियरिटी अनुसार नै गरिएको छ । डीआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङ बढुवा सिफारिसमा परेका छन् । आफूसँगै भर्ना भएका बसन्तबहादुर कुँवर आइजीपी भए । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी बढुवा भए । तर सँगै भर्ना भएका उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा भने डीआईजीमै घर जाने भएका छन् ।
सरकारलाई समर्थन गरेको र सहभागी समेत हुन लागेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश घर भएका डीआईजीहरु उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह पनि एआइजी बढुवामा अटाउन सकेनन् । रामदत्त जोशी त डडेलधुराकै हुन् । यिनीहरु प्रहरीमा क्षमतावानमै पर्दछन् । काबिल अ।धिकृतका रुपमा छवि बनाएका उनीहरुमात्र होइन, डीआईजी भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ पनि पर्न सकेनन् । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको नातेदार किरण राणा पनि बढुवा सिफारिसमा पर्न सकिनन् ।
अर्थतन्त्र संकटमा भएको समयमा एआइजीको नयाँ दरबन्दी थप हुने संभावना कम छ । नयाँ दरबन्दी थप नभएपछि उनीहरु एआईजी बढुवा सिफारिसमा पर्न नसकेका उनीहरु डीआईजीबाटै २०८१ चैत ५ मा ३० बर्षे सेवावधिका आधारमा अवकाश हुनेभएका छन् ।
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
वीरगञ्ज । लायन्स मल्टिपल डिस्ट्रिक्ट ३२५ का पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन तथा लायन डा. रमेशकुमार अग्रवालको लायन्स क्लब मिलेनियम एमजेएफबाट सदस्यता समाप्त गरिएको घटनाले...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend