काठमाडौं। राष्ट्रपतिका उम्मेदवारद्धय नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले विजयका लागि एक अर्कालाई शुभकामना दिएका छन् ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी मतदानमा सहभागी हुन पुगेका पौडेल र नेम्वाङले एकै ठाउँमा उभिएर लोकतन्त्र र संविधान निमार्णका लागि एक अर्काले गरेको योगदानको प्रशंशा गर्दै बिजयका लागि शुभकामना दिएका हुन् ।
‘लोकतन्त्रका लागि र ब्यवस्था परिवर्तनका लागि, नेपालको परिवर्तनका, संघीय गणतन्त्रको लागि, समानुपातिक समावेशीताका लागि उहाँ (सुवासचन्द्र नेम्वाङ)को पनि मेरो भन्दा कम भुमिका छैन्,’ भन्दै पौडेलले नेम्वाङलाई शुभकामना दिएका हुन ।
उता नेम्वाङले पनि पौडेलको छेउमा नै उभिएर भने, ‘वास्तवमा लामो समय देखी हामीसँगै छौं, मेरो अध्यक्षतामा जारी संविधान कार्यान्वयनको यो महत्वपुर्ण चरणमा, राष्ट्रपति निर्वाचनको संघारमा हामी उभिएका छौं, उहाँलाई प्रतिस्पर्धीको रुपमा देखिरहेको छु । राजनीतिमा अंक गणित अलि फरक हुन्छ तर मेरो उहाँलाई शुभकामना छ, उहाँको मलाई शुभकामना छ ।’
लोकतान्त्रिक प्रक्रियामा पौडेल निरन्तर योगदान गरेको उल्लेख गर्दै नेम्वाङले थप भने, ‘यो पटक म निश्चिन्त ढुक्क छु कि एकातिर म छु र एकातिर उहाँ हुनुहुन्छ, मलाई लाग्छ– जसले जीते पनि संविधानको पक्षमा, लोकतन्त्रको पक्षमा, कानुनिको शाषनको पक्षमा नै सिंगो देशलाई एकताबद्ध बनाएर लैजाने सबालमा, मधेस देखी हिमालसम्म एकता बनाएर लाने काम हुनेछ ।’
लोकतन्त्र भनेको स्वस्थ प्रतिस्पर्धा भएको उल्लेख गर्दै लोकतन्त्रमा स्वस्थ्य प्रतिस्पर्धा हुनु अचम्म मान्न नहुने नेम्बाङले बताए ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend