Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्टपति निर्वाचनमा नेमकिपाले मतदान नगर्ने


    बिहिबार, फाल्गुन २५ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर। राष्टपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टी मतदानमा सहभागी नहुने भएको छ ।

    पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा आज बिहीबार बिहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हाे ।

    पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार