भक्तपुर। राष्टपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टी मतदानमा सहभागी नहुने भएको छ ।
पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा आज बिहीबार बिहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हाे ।
पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend