काठमाडौँ। मुलकका लागि हुन गईरहेको तेस्रो राष्ट्रपति निर्वाचनको मतदान प्रक्रिया जारी रहेको छ। राष्ट्रपति उम्मेदवार समेत रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शितल निवासबाट बाहिर निस्किँदा सडक जाम हुने समस्या जनताले व्यहोर्न नपर्ने बताएका छन्।
आज जारी राष्ट्रपति निर्वाचनका लागि मतदान गरेर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू निर्वाचित भए विगतमा जस्तो जनताले सास्ती नपाउने जिकिर गरेका हुन्।
‘राजतन्त्रको राष्ट्रप्रमुख र गणतन्त्रको राष्ट्रप्रमुखबीच भिन्नता तपाईंहरूले देख्नुहुनेछ,’ उनले भने, ‘म राष्ट्रपति भएपछि शितलनिवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु पर्दैन।’
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० बजेदेखि मतदान कार्य जारी रहेको छ।
राष्ट्रपतिका लागि सत्ता गठबन्धनका तर्फबाट पौडेल उम्मेदवार छन् भने एमालेका तर्फबाट पूर्वसभामुख समेत रहेका एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
यतिबेला रामचन्द्रसहित केही शीर्ष नेताहरूले मतदान गरिसकेका छन्।
निर्वाचन आयोगका अनुसार मतदान कार्य दिउँसो ३ बजेसम्म चल्नेछ र मतदान सकिएसँगै आजै मत गणना गरी साँझ सात बजेसम्म नतिजा आउनेछ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend