Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैदिन तोलामै १ हजारले घट्यो सुनको मूल्य


    बुधबार, फाल्गुन २४ २०७९
    2.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज बुधबार स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भइरहेको छ। यसदिन सुन-चाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार