काठमाडौं। आज मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। यसदिन सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ मा पुगेको छ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी तेश्रो स्थानमा छिमेकि लघुवित्त वित्तिय संस्थाको ५ करोड ४५ लाख बढिको कारोबार भएको छ ।
मंगलबार १३ उपसुचकहरु मध्ये निर्माण र प्रशोधन र म्युचुअल फण्ड बाहेक सबैको कारोबार रकम बढेको छ।
आजको कारोबारमा सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सुपर मादी हाइड्रो पावरको ९.९७ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि आयोजनाको ८.०२ प्रतिशतले वृद्धि भएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
काठमाडौँ। हिजो बढेको सुनचाँदीकै भाउ आज ओरालो लागेको छ। सुनको भाउ आज तोलामा ३ हजार २ सय रुपैयाँ घटेर २ लाख ९९ हजार १ सयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend