Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डद्वारा सरोज उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण


    सोमबार, फाल्गुन २२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर निधन भएका नेकपा एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो ।

    उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर प्रधानमन्त्री प्रचण्डले उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    उनले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार