काठमाडौं। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत युएईलाई नेपालले २३० रनको लक्ष्य दिएको छ।
आज टस जितेर पहिले ब्याटिङ गर्दै खराब सुरूआत गरेको नेपाललका लागि भीम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई सम्मानजनक स्कोरमा पुर्याउन सफल भए।
नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको हो। पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले ९९ बल खेल्दै ७ चौकासहित ७० रन बनाएर आउट भए। उनी ४३ औं ओभरको तेस्रो बलमा रोहन मुस्ताफाको बलमा बोल्ड हुनुअगाडि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गरे भने आरिफ शेखसँग पनि ५६ रनको साझेदारी गरे।
यस्तै, नेपालका लागि कुशल मल्लले ३२, सन्दीप लामिछानेले २७ रन बनाए। यस्तै करण केसीले ११ बलमा १७ रन बनाउँदा ज्ञानेन्द्र मल्ल ११, आरिफ शेख ६, रोहित पौडेल १ र दीपेन्द्र सिंह ऐरीले ४ रन बनाए।
आरिफ शेखले नटआउट ४३ रन बनाउँदा प्रतिश जिसीले नटआउट ११ रन बनाए।
नेपालले यस लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि यो खेल जित्न अत्यन्त जरुरी छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend