Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • बालुवाटारमा सत्ता पक्षका आठ दलको बैठक जारी


    आइतबार, फाल्गुन २१ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्ता पक्षका आठ दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उक्त बैठक बसेको स्रोतले जनाएको छ।

    प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार बैठकमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद् विस्तार र प्रधानमन्त्रीले विश्वासको मत लिने लगायत समसामयिक राजनीतिक विषयहरुमा छलफल हुनेछ ।

    बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, महामन्त्री गगन थापा थापा, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, जनमत पार्टीका उपाध्यक्ष एवं मन्त्री अब्दुल खान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी छन् ।

    एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार