Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई


    सोमबार, फाल्गुन ८ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिबारे पार्टीको निर्णय गर्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । आज बसेको पदाधिकारी बैठकले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताएका छन् । महराले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बारे छलफल भएको तर व्यक्तिका बारे चर्चा नभएको जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार