काठमाडौं । सर्वोच्च अदालतको बुधबार दिउँसो बसेको फुलकोर्टको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रस्ताव कसरी निस्क्रिय भएको हो त्यसको जानकारी दिन संसद सचिवालयलाई पत्र पठाएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बसेको फुलकोर्टको बैठकले गरेको निर्णयमा उल्लेख छ–२०७९ मंसिर २१ को पत्रको सन्दर्भमा केही विषय प्रष्ट हुन आवश्यक भएकोले लेख्ने कार्य भएको छ ।
२०७८ फाल्गुण १ गते नेपालको संविधानको धारा १०१ (२) बमोजिम प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध तत्कालीन प्रतिनिधिसभामा दर्ता भएको महाभियोग प्रस्ताव र तत्पश्चात् संघीय संसदको महासचिवबाट संविधानको धारा १०१ (६) बमोजिम कार्य सम्पादन गर्न नपाउने भन्ने बेहोराको पत्र प्राप्त भएको सन्दर्भ विदित नै छ । सो महाभियोगको प्रस्ताव सम्बन्धमा प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिबाट छानविन भई प्रतिनिधिसभामा प्रतिवेदन बुझाइएको भन्ने कुरा पनि उपरोक्त पत्रबाट अवगत हुन आएको छ ।
प्रतिनिधिसभामा २०७८ फाल्गुन १ मा दर्ता भएको महाभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारवाहीको निरन्तरता अहिले कायम छ वा छैन ? नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो ? उक्त महाभियोग प्रस्ताव तत्कालिन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो ? वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो ? अथवा महाभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ? नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानूनी व्यवस्थाको आधारमा महासचिवले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भनी उल्लेख गर्नुभएको हो ? सो कुराको जानकारी तत्काल उपलब्ध गराइदिनुहुन २०७९ मंसिर २१ को पूर्ण बैठकको निर्णयानुसार अनुरोध गर्दछु, सर्वोच्च अदालतका सहरजिष्टार नारायणप्रसाद रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र बुधबार दिएपछि उनी सर्वोच्च अदालतमा जान लागेका थिए । बार एशोसिएसनको धर्नाका कारण र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग जीवीतै रहेको भनाइपछि उनी बुधबार सर्वोच्च अदालत जान सकेनन् । फुलकोर्टको बैठकको निर्णय र संसद सचिवालयलाई पठाएको पत्रले पनि ५ दिनपछि अवकाश हुन लागेका निलम्बित प्रधानन्यायाधीश राणाको सर्वोच्च जाने सपना पूरा हुने संभावना क्षीण देखिएको छ । संसद सचिवालयका महासचिव भरत गौतमले सरकारदेखि कुनै पनि निकायलाई थाहा नदिई सुटुक्क राणाको महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र दिएको आरोप छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend