Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. शेखर कोइराला भन्छन्- कांग्रेसकै नेतृत्वमा अबको सरकार बन्छ  


    बिहिबार, मंसिर १५ २०७९
    965
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । 

    विराटनगरमा आज बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए । ४ मंसिरमा सम्पन्न निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा नै अबको सरकार बन्ने दावी गरेका हुन् । 

    ‘कसैले प्रधानमन्त्री बन्ने चाहना राखेर मात्रै हुँदैन त्यसका लागि नम्बरको गेम हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ,’ उनले भने, ‘संसदीय दलको नेतामा जसले नम्बर पुर्‍याउँछ उसैले सरकारको नेतृत्व गर्छ र त्यसका लागि काठमाडौं जाँदै छु, साथीहरुसँग कुरा गर्छु ।’ अहिले निर्वाचित कांग्रेसका सांसदहरुमा सभापति देउवा पक्षकै बढी रहेको तर यस विषयमा सभापतिसँग कुरा गर्ने उनले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार