Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जितपछि बास्कोटा भन्छन्: काभ्रेका जनताले ७० करोड घुसकाे आरोपलाई  खारेज गरिदिए


    शुक्रबार, मंसिर ९ २०७९
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि एमाले स्थायी कमिटी सदस्य गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको आरोप जनअदालतले खारेज गरिदिएको दाबी गरेका छन्। 

    शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई बहिष्कार गरिदिएको बताएका हुन् । 

    ‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार