Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • परराष्ट्रमन्त्री खड्का महारानी एलिजाबेथको अन्त्येष्टिमा सामेल हुन बेलायत जाने 


    बुधबार, भाद्र २९ २०७९
    755
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। परराष्ट्रमन्त्री नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन बेलायत जाने भएका छन् । महारानीको यही भदौ २३ बिहीबार ९६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

     महारानी एलिजाबेथको आगामी असोज ३ गते बेलायतमै हुन लागेको अन्त्येष्टि समारोहमा मन्त्री खड्का जान लागेको परराष्ट्रका एक अधिकारीले बताए । 

    एलिजाबेथ द्वितीयको निधनपछि नेपालले भदौ २५ देखि २७ सम्म शोक मनाउने निर्णय गरेको थियो । साथै, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारका अन्य उच्चपदस्थ व्यक्तिहरु र शुभेच्छुकहरुले काठमाडौंस्थित बेलायती राजदूतावासमा गएर समवेदनासमेत प्रकट गरेका छन् ।

    महारानी एलिजाबेथले दुई पटक सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी थिइन् ।

    नेपालले पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायत नै हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार