Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  चोलेन्द्रले भने: महाभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहिन्छ 


    बुधबार, भाद्र १५ २०७९
    565
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। केहि महिनादेखि महाभियोग प्रस्तावले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरूद्ध लगाइएको महाभियोग निष्क्रिय भएको पुष्टि गर्दै आफुलाई न्याय दिन आग्रह गरेका छन् ।

    बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिन पुगेका राणाले विधि–पद्धतिबाट काम गरिरहेकाे र  आफूलाई मिडिया र राजनीति दलले आफू अनुकूल हुन दबाब सिर्जना गरेको र आफू त्यस्तो दबाबमा काम गर्न नसक्ने दावी गरे। 

    महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिएको हो । समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो । 

    यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस चलेको थियो । जसकारण बयान लिन ढिलाइ भएको थियो । 

    महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार