Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुरामले खोल्ने भए ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिन्ह ‘आँखा’


    सोमबार, साउन ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पार्टीको विधान विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निष्काशनमा परेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ नामको नयाँ पार्टी गठन प्रक्रिया थालेका छन् ।

    नयाँ पार्टीको नाम र चुनाव चिन्ह टुङ्गो लगाईसकेका उनको समुहले आधिकारिक रुपमा निर्वाचन आयोगमा दल दर्ताकालागी निवेदन समेत दिएको छ । 

    प्राप्त जानकारी अनुसार दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीको नामलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी‘ नाम राखिएको हो । पार्टीको चुनाव चिन्ह भने ‘आँखा’ रहने बताईएको छ ।

    भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठले उक्त कुराको पुष्टि गरेका हुन् । श्रेष्ठका अनुसार पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा रहेको तर हालसम्म अध्यक्षको टुङ्गो भने लागेको छैन् ।

    आफुहरुले छनौट गरेको नाम निर्वाचन आयोगमा पठाईसकेको र आयोग पनि नामप्रति सकारात्मक रहेकोले चाडै नै त्यसको आधिकारिक घोषणा गरिने नेता श्रेष्ठले जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार