काठमाडौं । पार्टीको विधान विपरित काम गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निष्काशनमा परेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले ‘नेपाल समाजवादी पार्टी’ नामको नयाँ पार्टी गठन प्रक्रिया थालेका छन् ।
नयाँ पार्टीको नाम र चुनाव चिन्ह टुङ्गो लगाईसकेका उनको समुहले आधिकारिक रुपमा निर्वाचन आयोगमा दल दर्ताकालागी निवेदन समेत दिएको छ ।
प्राप्त जानकारी अनुसार दीपक लामिछाने अध्यक्ष रहेको समावेशी लोकतान्त्रिक पार्टीको नामलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी‘ नाम राखिएको हो । पार्टीको चुनाव चिन्ह भने ‘आँखा’ रहने बताईएको छ ।
भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठले उक्त कुराको पुष्टि गरेका हुन् । श्रेष्ठका अनुसार पार्टी दर्ताको प्रक्रिया अन्तिम चरणमा रहेको तर हालसम्म अध्यक्षको टुङ्गो भने लागेको छैन् ।
आफुहरुले छनौट गरेको नाम निर्वाचन आयोगमा पठाईसकेको र आयोग पनि नामप्रति सकारात्मक रहेकोले चाडै नै त्यसको आधिकारिक घोषणा गरिने नेता श्रेष्ठले जनाए ।
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend