काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान निर्वाचन प्रणालीमा क्रान्तिकारीहरू लडेरै मात्र चुनाव जित्ने अवस्था नरहेको बताएका छन् ।
उनले अहिलेको अवस्थामा चुनाव जित्न विभिन्न तिक्डम अपनाउनुपर्नुको साँथै अर्बो रुपैयाँ खर्च गर्नुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले धेरै पैसा खर्च गर्न सकेन र अनेक खालका तिक्डम गर्न जानिएन भने चुनाव जितेर आउन नै गाह्रो भएको बताएका हुन् ।
‘जनयुद्धपछी २०६४ सालमा भएको निर्वाचनमा माओवादी भनेर उठाइदिएपछि जोकोहिपनि जितिहाल्ने जस्तो अवस्था थियो’, प्रचण्डले भने– ‘अहिल परिस्थिती बदलिएको छ, अब चुनाव जितन धेरै पैसा खर्च गर्न सकेन र अनेकन तिक्डम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ ।’
प्रचण्डले गत स्थानिय निकाय निर्वाचनमा गाउँपालिका अध्यक्षको चुनावमा १० करोड रुपैयाँसम्म खर्च गरिएको अवस्थामा प्रदेश र संघको चुनावमा अर्बौसम्म खर्च हुने जिकिर गरे ।
उनले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै यस प्रणालीलाई परिमार्जन गर्नेगरी बहस अघि बढाइनुपर्ने बताए । उनले निर्वाचन प्रणालीलाई मितव्ययी बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत दलहरूसँग छलफल गरिने समेत बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend