Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी केन्द्र बनाउने सहमति भइसक्यो : माओवादी नेता पुन


    आइतबार, साउन ८ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका छन्। 

    उनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने प्रष्ट पारे।

    आइतबार संसद परिसरमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल कुनै पार्टीसँग एकता सम्भावना नरहेको दाबी गरे।

    ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ,’ पुनले भने, ‘चुनावमा हामी मोर्चा बनाएरै जान्छौं।’

    कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेको बेला नेता पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने प्रष्टिकरण दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार