काठमाडौं । मधेश प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका सन्दर्भमा प्रधानमन्त्री शेरबहादर देउवालाई ध्यानाकर्षण गराइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै (मधेश भवन) जनकपुर चुरोट कारखाना र प्रदेश सभा रहेको स्थान लगायतका सिफारिस गरिएका जग्गा प्रदेश सरकारको नाममा हस्तान्तरण गर्न अनुरोध गरेको छ ।
साथै स्थायी भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने आर्थिक श्रोतको व्यवस्थापन गर्न पनि ज्ञानपन पत्रमार्फत माग गरिएको छ । सोही विज्ञप्तीमार्फत जिल्ला प्रशासन कार्यालयलाई पनि प्रदेश सरकारको मातहतमा ल्याउन आवश्यक निर्णय एवम् निर्देशन दिइ पहल गर्न पनि आग्रह गरिएको छ ।
आगामी निर्वाचन अगावै प्रहरी समायोजना गर्नुपर्ने पनि विज्ञप्तीमार्फत माग गरिएको छ । ज्ञापन पत्र बुझाउन मधेश प्रदेशका आन्तरिक मामिला तथा सुचना सञ्चार मन्त्री भरत कुमार साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा लगायत गएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend