काठमाडौं । मधेश प्रदेशको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका सन्दर्भमा प्रधानमन्त्री शेरबहादर देउवालाई ध्यानाकर्षण गराइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै (मधेश भवन) जनकपुर चुरोट कारखाना र प्रदेश सभा रहेको स्थान लगायतका सिफारिस गरिएका जग्गा प्रदेश सरकारको नाममा हस्तान्तरण गर्न अनुरोध गरेको छ ।
साथै स्थायी भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने आर्थिक श्रोतको व्यवस्थापन गर्न पनि ज्ञानपन पत्रमार्फत माग गरिएको छ । सोही विज्ञप्तीमार्फत जिल्ला प्रशासन कार्यालयलाई पनि प्रदेश सरकारको मातहतमा ल्याउन आवश्यक निर्णय एवम् निर्देशन दिइ पहल गर्न पनि आग्रह गरिएको छ ।
आगामी निर्वाचन अगावै प्रहरी समायोजना गर्नुपर्ने पनि विज्ञप्तीमार्फत माग गरिएको छ । ज्ञापन पत्र बुझाउन मधेश प्रदेशका आन्तरिक मामिला तथा सुचना सञ्चार मन्त्री भरत कुमार साह, उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा लगायत गएका थिए ।
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend